
काठमाडौं, १३ मंसिर । काठमाडौंमा दिउँसै कोठा फोडेर चोरी गर्ने गिरोह सक्रिय भएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमती शान्ति टोलमा दिउँसै कोठाको ताला फुटाई नगद तथा सुनचाँदीको विभिन्न गरगहना चोरी भएको हो ।
डेरा गरी बस्ने बर्दिया बाँसगढी नगरपालिका–९ घर भएकी ३५ वर्षीया कौशीला कुवँरको करिब ५ लाख ४८ हजार २ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको बालाजु प्रहरी वृत्तले जनाएको छ।
सोमबार दिउँसो भएको यस चोरीमा संलग्न गिरोहको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया