
काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सकुम्बासीलाई उचित स्थानान्तरणका लागि काम अगाडि बढाएको छ । मंगलबार महानगरले सुकुम्बासीको उचित स्थानान्तरणका लागि काम अगाडि बढाएको जानकारी दिएको हो ।
महानगरले केही सीमित समूहका कारण सुकुम्बासी समस्या अन्त्यहीन जस्तै देखिएको बताएको छ ।
महानगरले भनेको छ,’सुकुम्बासीलाई सधैँ सुकुम्बासी बनाइराख्ने र आफ्नो फाइदाको लागि सधैँ उहाँहरुलाई प्रयोग गरिराख्ने केही सीमित समूहका कारण सुकुम्बासी समस्या अन्त्यहीन जस्तै बनेको छ । महानगरले आफ्नो क्षेत्रभित्रका सुकुम्बासीलाई उचित स्थानान्तरणको काम अगाडि बढाएको छ । सबैमा जानकारी गराउन चाहान्छौँ ।’















प्रतिक्रिया