२९ आश्विन २०८३, बिहिबार

कतार विश्वकप: आज यी देश भिड्दैछन्

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् ।

कतार विश्वकपमा मंगलबारबाट समूह चरण अन्तर्गतको अन्तिम चरणका खेलहरु सुरु हुनेछ । आज समूह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेलहरु हुनेछन् ।

पहिलो दुई खेलमा समूह ‘ए’ मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८:४५ बाट सुरु हुनेछ ।

आजको खेलबाट आजका खेलबाट दुवै समूहबाट अन्तिम १६ मा पुग्ने ४ राष्ट्रको टुङ्गो लाग्नेछ। दोस्रो दुई खेलमा समूह ‘बी’ मा रहेका ईरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच खेल हुदैछ ।

दुबै खेल नेपाली समयअनुसार राती १२:४५ मा हुनेछ ।