
काठमाडौं, १३ मंसिर । धनुषा-४ को जारी मतगणनामा नेकपा एमाले उम्मेदवार रघुवीर महासेठले पुनः अग्रता लिएका छन् ।
मिथिला नगरपालिकाको ११ नम्बर वडाको ११ सय मत गणना गर्न बाँकी रहँदा नेकपा एमालेका महासेठले पुनः अग्रता लिएका हुन् ।
मतगणना अन्तिम चरणमा पुगिरहँदा एमालेका महासेठले ३१ हजार ३३६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका महेन्द्र यादवले ३१ हजार ३१६ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया