२९ आश्विन २०८३, बिहिबार

उदयपुर-१ मा रोकिएको मतगणना सुरु गर्न आयोगको निर्देशन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन दिएको छ ।

प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको थियो। निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले उदयपुरका मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गर्दै रोकिएको मतगणना कार्य पुनस् सुरू गर्न निर्देशन दिएका हुन् ।

हालसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार नारायण खड्का नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीभन्दा अगाडि रहेका छन् ।

खड्काले अहिलेसम्म २७ हजार चार सय ८४ मत पाएका छन् भने चौधरीले २५ हजार ६ सय ५९ मत ल्याएकी छिन् । त्यहाँ ७६ हजार ७ सय ५६ मत खसेको थियो।