
काठमाडौं, १२ मंसिर । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा प्रहरी र सुकुम्बासीबीच दोहोरो झडप भएको छ ।
बस्ती हटाउन पुगेको प्रहरीलाई सुकुम्बासीले आक्रमण गरेपछि दोहोरो झडप भएको हो ।
बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले यसअघि नै सकुम्बासीबस्ती हटाउन अल्टिमेटम दिएकोमा खाली नगरेपछि महानगरप्रहरीसहित नेपाल प्रहरी हटाउनका लागि पुगेको थियो ।
समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । प्रहरीलाई स्थानीयले बस्तीमा प्रवेश गर्न रोक्दै ढुंगा प्रहार गरेपछि दोहारो झडप भएको हो ।
स्थानीयको ढुंगा प्रहारबाट २५ जना नगरप्रहरी घाइते भएका छन् । ढुंगा प्रहारबाट महानगरका एसपी राजु पाण्डेकै टाउको फुटेको छ ।















प्रतिक्रिया