
काठमाडौं, १२ मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जारी समानुपातिक मतगणनामा फेरि नेकपा माओवादी केन्द्रलाई उछिनेको छ ।
सुरुवाती मतगणनामा रास्वपा तेस्रो स्थानमा रहेको थियो भने माओवादी केन्द्र चौँथो स्थानमा रहेको थियो । माओवादी केन्द्रले रास्वपालाई पछाडि पार्दै तेस्रो स्थानमा उक्लिएकोमा फेरि रास्वपाले उछिनेको हो ।
पछिल्लो मतपरिणामअनुसार तेस्रो स्थानमा रहेको रास्वपाले १० लाख ६३ हजार ७ सय १८ मत पाएको छ भने चौथो स्थानमा रहेको माओवादी केन्द्रले १० लाख ६२ हजार ७ सय ६७ मत पाएको छ ।
सुरुवातबाट नै पहिलो स्थानमा नेकपा (एमाले) रहेको छ भने दोस्रोमा नेपाली कांग्रेस रहेको छ ।















प्रतिक्रिया