
काठमाडौं, १२ मंसिर । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुन: मतदान गर्ने मिति तोकेको छ ।
वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुन: चुनाव गराउने निर्णय आयोगले गरेको हो ।
मंसिर ४ गतेको मतदानमा गठबन्धनले बुध कब्जा गरेको भन्दै एमालेले पुन: मतदानको माग गरेको थियो ।
निर्वाचन आयोगको टोलीले स्थलगत निरीक्षण गरेपछि १० स्थानमा पुन: मतदान गर्न सिफारिस गरेको थियो ।















प्रतिक्रिया