
काठमाडौं, ११ मंसिर । मतगणना सुरु हुन नसकेका दोलखाका मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ ।
दोलखाका केही मतदान केन्द्रमा गठबन्धनले बुध कब्जा गरेको भन्दै नेकपा एमालेले पुन: मतदानको माग गर्दै आएको थियो ।
एमालेले निर्वाचन आयोगमा दिएको उजुरीका आधारमा आयोगले टोली नै पठाएर स्थलगत निरीक्षण गरेको थियो । जाँचबुझ टोलीले ६ वटा केन्द्रमा पुनः मतदान गर्न सिफारिस गरेको बताइएको छ ।
आयोगले केही दिनमै पुन: मतदानका लागि मिति तोक्ने बताइएको छ ।















प्रतिक्रिया