![]()
काठमाडौं, ११ मंसिर । जहाजको इन्जिन स्टार्ट नभएपछि मुम्बई जाने तयारीमा रहेका १ सय ५२ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अलपत्र परेका छन् ।
बिहान साढे ११ बजे मुम्बईका लागि उड्नुपर्ने नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज ए ३२० जहाजको इन्जिन स्टार्ट नभएपछि उड्न नसकेको हो ।
निगमकै ग्राउन्ड ह्यान्डलिङ विभागले एयर स्टार्ट युनिट (एएसयू) उपकरण लिएर जहाज स्टार्ट गर्न खोजेको तर उक्त उपकरण पनि बिग्रिएपछि जहाज उड्न नसकेको हो ।
निगमले दिल्लीबाट फर्किँदै गरेको अर्को न्यरोबडी जहाजलाई मुम्बई पठाउने तयारी गरेको छ ।















प्रतिक्रिया