२९ आश्विन २०८३, बिहिबार

रक्सी खाएर वडाध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतको घरमा तोडफोड

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको घरमा वडाध्यक्षले तोडफोड गरेका छन् ।

शनिबार राति वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको घरमा तोडफोड गरेका हुन् ।

नगरपालिकाका मेयर खड्कबहादुर रावत, १ का अध्यक्ष घनश्याम ओझा, ४ का अध्यक्ष भरत शाही ७ का जुगराम चौधरी र १२ का वडाध्यक्ष रामदुलारी चौधरीसहित प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा बसेर रक्सी खाएका थिए ।

रक्सीले मातिएपछि पुराना कुरा निकाल्दै वडाध्यक्षले अधिकृत आचार्यसँग झगडा गरेका थिए । सोही क्रममा वडाध्यक्ष ओझाले आचार्यको सरकारी निवासमा रहेको टेबल लगायतका सामान तोडफोड गरेका हुन् ।