२९ आश्विन २०८३, बिहिबार

सुनसरी ४ मा मतगणना अनिश्चितकालका लागि रोकियो

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ ।

कांग्रेस उम्मेदवार रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि एमालेसँग विवाद भएको थियो।

विवाद समाधानका लागि सर्वदलीय बैठक बसेकोमा सहमति हुन नसकेपछि मतगणना स्थगित गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सरकारका प्रवक्तासमेत रहेका कार्कीले ६ सय ६ मत एमालेले धाँधली गरेको आरोप लगाएका छन्। हालसम्म सो क्षेत्रमा सञ्चारमन्त्री कार्की ७१ मतले अगाडि रहेका छन् । उनलाई नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले पछ्याइरहेका छन् ।