२९ आश्विन २०८३, बिहिबार

विश्वभरिका समाजवादीहरूको साझा संगठनमा वरिष्ठ अधिवक्ता खगेन्द्र जीसी उपाध्यक्षमा निर्वाचित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, १० मंसिर । विश्वभरिका समाजवादीहरूको साझा संगठनमा अमेरिकाका वरिष्ठ अधिवक्ता खगेन्द्र जीसी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

गत नोभम्बर २५ का दिन स्पेनको राजधानी मेडरिडमा सम्पन्न भएको अन्तरष्ट्रिय सम्मेलनमा जीसी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

उक्त सम्मेलनमा सहभागी हुने नेपालको तर्फबाट दुइ जना खगेन्द जिसी र जनसम्पर्क समिती अमेरिकाका पूर्व अध्यक्ष र वेद प्रसाद खरेल नेपाली काग्रेसका पूर्व महासमिति सदस्यले भाग लिएका थिए । उक्त महासभामा ११७ देशका ३५० जनाको सहभागिता रहेको थियो ।

सोसल इन्टरनेसनलको अन्तर्राष्ट्रियको महासभामा प्रतिनिधिको रूपमा नेपाली कांग्रेसले भाग लिएको थियो ।

सोसल इन्टरनेसनलको अन्तर्राष्ट्रियको महासभाबाट स्पेनका प्रधान मन्त्रि पेड्रो सान्चेज अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन् । त्यसै गरि महासचिवमा घानाका बेनेडिक्टा लासी सर्वसम्मत रूपमा चयन भएको स्पेनबाट वेद खरेलले बताए ।

भेटघाट र छलफलका क्रममा स्पेनका प्रधानमंत्री मन्त्री पेड्रो सान्चेजले कोभिड-१९ कोवेलामा नेपाललाई गरेको सहयोगको बारेमा उल्लेख गरेको खरेलले जनाए ।

नेपाली कांग्रेसका सभापतिद्वय, महामानव बि पी कोइराला र शेर बहादुर देउवाले नेपाली कांग्रेसको प्रतिनिधित्व गरि उपाध्यक्ष जितेर प्रतिनिधित्व गरेको गौरवशाली सगठनमा उपसभापतिको रूपमा सर्वसम्मत भएकोमा खरेलले जिसीलाई बधाई दिनुको साथै हामी नेपाली काग्रेस समर्थकका लागि एउटा गौरवशाली क्षण हो भनि हर्ष व्यक्त गरेका छन् ।