२९ आश्विन २०८३, बिहिबार

कतार विश्वकप: ट्युनिसियालाई हराउँदै अस्ट्रेलियाको पहिलो जित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत शनिबार दिउँसो भएको समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले पहिलो जित निकालेको छ ।

अष्ट्रेलियाले ट्युनिसियालाई १-० गोल अन्तरले पराजित गरेको हो । अल जानौब रंगशालामा भएको खेलमा अष्ट्रेलियाका मिचेल डुकले २३औँ मिनेटमा गरेको गोल नै विजयी गोल बन्यो ।

ट्युनिसियाले गोलको लागि गरेका धेरै प्रयास विफल भए । पहिलो खेलमा फ्रान्स सँग पराजित भएको अस्ट्रेलियाले ३ अंक जोडेको छ ।

ट्युनिसियाले भने पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै एक/एक अंक बाँडेको थियो ।