
काठमाडौं, १० मंसिर । संसदीय निर्वाचनमा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाईँ विजयी भएका छन् भने बुहारी भने पराजित भएकी छिन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को १ बाट प्रचण्डका ज्वाईं जीवन आचार्य प्रदेश सभामा विजयी भएका हुन् । आचार्यले १९ हजार ४ सय ५४ मत ल्याउँदै नेकपा एमालेकी उम्मेदवार रिता न्यौपानेलाई पराजित गरेका छन् ।
यस्तै, कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी प्रचण्डकी बुहारी बिना मगर भने पराजित भइन् । उनलाई एमालेका तारा लामा तामाङले पराजित गरेका हुन् ।
तामाङले २० हजार ९ सय ६९ मत पाए भने बिनाले १६ हजार ५८ मत मात्रै पाइन् ।















प्रतिक्रिया