
काठमाडौं, ९ मंसिर । कतारमा जारी फिफा विश्वकपमा इरान पहिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा वेल्सलाई २-० गोलले हराउँदै इरानले पहिलो जित निकालेको हो । अहमद बिन अलि स्टेडियममा भएको खेलमा इरानका लागि रौजबेह चेस्मी र रामिन रिजाइनले एक/एक गोल गरे ।
खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २-० को रोमान्चक जित दिलाए ।
जितसँगै इरानले २ खेलमा ३ अंक जोडेको छ । समूह ‘बी’ मा इरान दोस्रो स्थानमा रहेको छ । वेल्सले २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।















प्रतिक्रिया