![]()
काठमाडौं, ९ मंसिर । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकमा दुर्घटना भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
बा ३ ख १७९५ नम्बरको बस लामोसाँघु मुडे सडकखण्डको लिसंखुपाखर गाउँपालिका वडा-५ स्थित उन्नाइस किलोमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।
घाइतेहरुलाई खाडीचौरको सिन्धुसदाबहार अस्पतालमा लगिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।















प्रतिक्रिया