
काठमाडौं, ९ मंसिर । निर्वाचनपछि मुचुल्का गरिएको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन लगाएतका दलहरुले बिरोध गरेपछि रुपन्देही २ मा मतगणना रोकिएको छ।
उनीहरुले पुन मतदानको माग गर्दै मतदानस्थल बुटवल उपमहानरपालीका बाहिर नारावाजीसमेत गरेका छन् । ८० हजार भन्दा बढी मत खसेको सो क्षेत्रमा करिव ६ हजार मत गन्न बाँकी छ । निर्वाचन अधिकृतको कार्यालयमा सत्ता गठबन्धनमा आवद्ध दलले पुनः मतदानको माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।


दीर्घबहादुर केसी, बामदेब क्षेत्री, मोहनबहादुर खड्का, सुरज पौडेल, नारायण रेग्मी, शंकर प्रसाद रेग्मी , जित कुमारी गाहा, प्रदीप पन्तलगायत उमेदवारहले पुनः मतदान गर्नुपर्ने भन्दै निर्वाचन कार्यालयमा निवेदन दिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले भने कम्युटरमा प्रविष्ट गर्दा मात्रै फरक परेकाले सच्चाइएको जनाएको छ । अहिलेसम्मको मतगणना अनुसार रुपन्देही २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल अगाडि रहेका छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले पछ्याइरहेका छन् ।















प्रतिक्रिया