३० आश्विन २०८३, शुक्रबार

दुबईमा एनआरएनए र शुक्रान वकर्सको ‘नेपाल दिल से’ कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal dil se

– उत्तम अधिकारी

आबुधावी, । शुक्रान वर्कर्स र एनआरएनए यूएईले मई १५ का दिन भूकम्प पीडितको सहयोगमा केन्द्रित रहने गरी दुबईमा ‘नेपाल दिल से’ कार्यक्रम आयोजना गर्ने भएका छन् ।

नेपालका भूकम्प पीडित नागरिकलाई परिस्थिति अनुसारको आवश्यक सहयोग जुटाउन अवलम्बन गर्नुपर्ने उपायहरुका लागि आउँदो शुक्रवार ‘नेपाल दिल से’ कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए यूएईले जनाएको छ ।

यूएईमा सामाजिक गतिविधिमा सकृय गैर नाफामुलक संस्था शुक्रान वर्कर्सले एनआरएनए यूएईसंगको समन्वयमा उक्त कार्यक्रम गर्न लागेको गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिएका छन् ।

‘पहिलो पटक नेपाली समुदायले यहाँ कृयाशील अन्य समुदायसंग आपसी समन्वयमा आयोजना गर्न लागेको कार्यक्रम भएकाले हामी उत्सुक छौं । यसले भूकम्प पीडित नेपाली नागरिकको सहयोगार्थ उल्लेखनीय योगदान गर्दै यहाँका नेपाली संघ संस्था र अन्य समुदायबीच सम्बन्ध विस्तार तथा सहकार्यमा महत्वपूर्ण भूमिका खेल्ने हामीले बिश्वास लिएका छौं’ अध्यक्ष भुसालले भने ।

नेपालीको सहयोगका लागि अन्य समुदायका सदस्यहरुको पहलमा आयोजना हुन गइरहेकाले उक्त कार्यक्रममा नेपाली संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु तथा यूएईका आम नेपाली नागरिकहरुको उपस्थिति बाक्लो हुनसके कार्यक्रमको महत्व बढ्ने भुसाल बताउँछन् ।

यूएईका लागि नेपाली राजदुत धनन्जय झाको प्रमुख आतिथ्यतामा हुन गइरहेको उक्त कार्यक्रममा भारतीय दुतावासको तर्फबाट पनि सहभागिताका लागि शुक्रान वर्कर्स मार्फत पहल भइरहेको संघका महासचिव गोपाल कंडेलले बताए । शुक्रान वर्कर्स यूएईमा रहेका भारतीय नागरिकहरुद्वारा संचालित एक सामाजिक संस्था हो ।

कार्यक्रममा प्रमुख अतिथि राजदुत झा लगायत केहि नेपाली समाजसेवी र शुक्रान वर्कर्सका तर्फबाट भूकम्प सम्बन्धि बिज्ञहरुले आ–आफ्ना मन्तब्य राख्ने कँडेलले जानकारी दिएका छन् ।

स्थानीय केहि टेलिभिजन, रेडियो तथा अन्य मिडियाले समेत कभरेज गर्ने उक्त कार्यक्रम नेपाली समुदायका लागि फलदायी हुनेमा एनआरएनए यूएईले बिश्वास व्यक्त गरेको छ ।

बैशाख १२ मा गएको महाभूकम्पका कारण परिवारजन गुमाएका तथा घरवारबिहिन भएका कोहि भएमा पूर्व सम्पर्क गरी कार्यक्रममा सरिक हुनका लागि एनआरएनए यूएईले आग्रह गरेको छ । नेपालीको सहयोगका लागि आयोजना हुन गइरहेकाले उक्त कार्यक्रममा उपस्थितिका लागि  यूएईका नेपालीहरु माझ एनआरएनए यूएईले अनुरोध गरेको छ ।