३० आश्विन २०८३, शुक्रबार

मनिषा कोइरालाले नेपालका गर्भवती र सुत्केरीलाई सहयोग गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manisha_koiralaकाठमाडौं । बलिडकी चर्चित नायिका मनिषा कोइरालाले नेपालका गर्भवती, सुत्केरी महिला र बालबालिकालाई सहयोगी गर्ने घोषणा गरेकी छिन् ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) नेपालकी सद्भावना दूत समेत रहेकी अभिनेत्री कोइरालाले सोमबार गत वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पबाट प्रभावित सत्केरी गर्भवती महिला र बालबालिकालाई सहयोग गर्ने घोषणा गरेकी हुन् ।

‘महाविपत्तिको यसघडीमा मातृभूमिमा युएनएफपीएसँग साझेदारी नवीकरण गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेकी छु,’ कोइरालाले भनिन ।

युएनएफपीएले करिब १ लाख सुत्केरी र गर्भवती महिला र तिनका शिशुलाई सहयोग गर्ने योजना बनाएको छ ।