
हेटौंडा, २९ कात्तिक । नेपाली कांग्रेस मकवानपुरले निर्वाचनको मुखमा आफ्ना १६ जना जिल्ला नेता-कार्यकर्ताहरुलाई कारबाही गरेको छ ।
निर्वाचनको नजिँकिदै गर्दा पार्टीको उम्मेदवारको विरुद्ध लागेको भन्दै कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ ।
कांग्रेस जिल्ला अनुशासन समितिले पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारको विरुद्धमा लागेको भन्दै १६ जना नेता तथा क्रियाशील सदस्यहरुलाई कारबाही गरेको जनाएको छ ।
समितिका संयोजक प्रभातकुमार दाहालले १६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जानकारी दिएका छन् ।

कारबाहीमा पर्नेहरुमा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य भरत पराजुली, रिता खनाल, क्रियाशिल सदस्य रमेश ढकाल, पूर्व प्रदेश सभा क्षेत्रीय सभापति भीम प्रसाद घिमिरे, क्षेत्रीय प्रतिनिधि कर्ण बहादुर थिङ, तरुढ दल जिल्ला उपाध्यक्ष निराजन बर्तौला लगाएत १६ जना नेता कार्यकर्ता रहेका छन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना मकवानपुर-१ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी छन् भने कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनिया मकवानपुर-२ को ख मा प्रदेश सभा सदस्य उम्मेदवार रहेका छन् ।












प्रतिक्रिया