२९ आश्विन २०८३, बिहिबार

भूकम्प पीडितहरुलाई जनसम्पर्क समिति अमेरिकाको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rahat

– निर्मल अर्याल

काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिका तथा सिंगापुरमा मुख्यालय रहेको सामाजिक संस्था डिड्स फर निड्सको पहलमा सोमबार काठमाडौको विकट बालुवा गाउँका महाभूकम्प पीडितहरुलाई राहत सामग्री प्रदान गरिएको छ ।

पीडितहरुलाई त्रिपाल सहित चामल, चिउरा, चाउचाउ, तेल, ब्ल्याङकेट, साबुन, टिसर्ट लगायतका अत्यावश्यक सामग्रीहरु उपलब्ध गराइएको हो ।

rahat-1

नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, उपाध्यक्ष धर्मराज श्रेष्ठ, सदस्य हरिबोल भण्डारी, समाजसेवी शेखर ढुंगेल, डिड्स फर निड्सका संस्थापक तथा कार्यकारी प्रमुख माया छिरिङ बक्ला, डिड्स फर निड्सका नेपाल प्रमुख क्यापटेन तेन्जिङ लामा, समाजसेवी कृष्णहरि भण्डारी, मधुकर राजभण्डारी, नेपाली कांग्रेसका युवा नेता भुवन लामा, श्रीराम चालिसे लगायतले करिब सय परिवारलाई राहत सामग्री प्रदान गर्नु भएको हो ।

राहत सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले विपतमा परेका नेपालीलाई सहयोग गर्नु प्रवासमा रहेका नेपालीको कर्तव्य भएको बताउनुभयो ।

महाभूकम्प पीडितहरुको घाउमा मलम लगाउन आफुहरु सात समुद्रपारिबाट नेपाल आएको बताउँदै विष्टले देशका विभिन्न ठाउँमा पुगेर राहत वितरण कार्यक्रममा सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।