चौतारा, १८ जेठ । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको अध्यक्षमा कमलकुमार श्रेष्ठ ५१४ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी राजेशकुमार श्रेष्ठले ३३१ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
शनिवार भएको निर्वाचनमा अध्यक्ष पदमा बुद्धराज बस्नेतसहित तीन जना प्रतिस्पर्धामा रहनुभएको थियो ।
सो निर्वाचनमा १७ जना सदस्य निर्वाचित हुनुभएको छ । सदस्य पदमा ३८ जनाले निर्वाचनमा भाग लिनुभएको थियो ।
निर्वाचित सदस्यमा बेदबहादुर श्रेष्ठ, रामबाबु श्रेष्ठ, कृष्ण कार्की, रामकाजी पौडेल, शम्भु तिमिल्सिना, दोर्जे लामा, राजकुमार श्रेष्ठ, विदुर पराजुली, सूर्य कार्की रहनुभएको छ ।
त्यसैगरी अर्जुन सापकोटा, प्रदीप पौडेल, नीरञ्जन श्रेष्ठ, साङ्गे दोर्जे शेर्पा, यादव दाहाल, रमेश राउत, कुबेर श्रेष्ठ, कैलाश श्रेष्ठ पनि सदस्यमा निर्वाचित हुनुभएको छ ।
विधानअनुसार ३२ सदस्यीय कार्य समितिमा अध्यक्षद्वारा १३ पद मनोनित गरी कुल सदस्यमध्येबाट पदाधिकारी चयन गरिने प्रावधान रहेको छ ।













प्रतिक्रिया