मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

कोरोना अपडेट : थप नौ जनामा सङ्क्रमण पुष्टि

दैनिक नेपाल २०७९ कार्तिक २८ गते १६:०४

काठमाडौं, २८ कात्तिक । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ६७२ पीसीआर परीक्षणका क्रममा ८ जना र ७५३ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने २३ संक्रिय संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ४९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित