२९ आश्विन २०८३, बिहिबार

मधुमेह पहिचान हुनासाथ नियमित रूपमा आँखा जाँच गर्न चिकित्सकहरूको सुझाव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । मधुमेह रोगको पहिचान हुनासाथ नियमित रूपमा आँखाको परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

विश्व मधुमेह दिवसका सन्दर्भमा तिलगङ्गा आँखा प्रतिष्ठानले आज आइतबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले मधुमेहका कारण अन्धोपना समेत हुन सक्ने भएकाले मधुमेह रोगको पहिचान हुनासाथ नियमित रूपमा आँखाको परीक्षण गराउन सुझाव दिएका हुन् ।

प्रतिष्ठानका आँखा पर्दा रोग विशेषज्ञ डा रबा थापाले मधुमेह भएका व्यक्तिमा आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुने भएकाले सचेत रहनुपर्ने बताए । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणको रूपमा मधुमेह देखिएको उनले जानकारी दिए ।

डाक्टर थापाले मधुमेह नेपालमा पनि बढ्दै गएको र शहरी क्षेत्रमा ४० बर्षभन्दा माथि १९ प्रतिशत र ग्रामीण भेगमा दुई दशमलव ५ जनामा मधुमेह देखिएको जानकारी दिए ।

प्रतिष्ठानले ‘मधुमेह सेवामा पहुँच बढाऔँ’ साथै ‘सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौँ’ भन्ने नाराका साथ कार्तिक २५ देखि मङ्सिर एक गतेसम्म मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रूपमा मनाइरहेको छ ।

मधुमेह दिवस भने नोभेम्वर १४ तारिकका दिन मनाईन्छ । अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभर ५ सय ३७ मिलियन मानिस मधुमेहबाट ग्रसित छन् ।