२९ आश्विन २०८३, बिहिबार

कोरोना अपडेट : थप १५ जनामा सङ्क्रमण पुष्टि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७६४ पीसीआर परीक्षणका क्रममा १४ जना र १ हजार २२१ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन भने थप ३० संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५१४ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।