काठमाडौँ, २८ वैशाख । कृषि विकास बैंकले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई पाँच हजार किलोग्राम चामल वितरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त परिमाणको चामल बाह्रबिसेमा भएको सर्वदलीय जनप्रतिनिधिको उपस्थितिमा पीडितलाई वितरण गरेको हो ।
यसअघि बैंकले नुवाकोटका चौघडा गाविसमा पनि त्यत्ति नै परिमाणको चामल वितरण गरेको थियो । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख एक हजार १११ दाखिला गरेको छ ।
बैंकमा कार्यरत सबै कर्मचारीको तलबबाट कट्टा हुने गरी थप रु एक करोड प्रदान गर्नेसमेत निर्णय भएको बैंकले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस















प्रतिक्रिया