रौतहट, २८ वैशाख । रौतहट सदरमुकाम गौरमा सेवा केन्द्रको विषयलाई लिएर सुरु भएको आन्दोलनमा मृत्यु भएका रामआशीष ठाकुरको परिवारलाई आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटले रु आठ लाखको चेक हस्तान्तरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले एक कार्यक्रममा गौर आन्दोनलका क्रममा मृत्यु भएका ठाकुरको आश्रित परिवारलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।
गत चैत २४ गते राति गौर आन्दोलनको विषयलाई लिएर उद्योग बाणिज्य सङ्घ तथा जिल्ला प्रशासन कार्यालय रौतहटवीच भएको सम्झौता भएबमोजिम ठाकुरको आश्रित परिवारलाई राहत रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ रौतहटका कोषाध्यक्ष पण्डित जयसवाल, नागरिक समाजका अध्यक्ष जगन्नाथ केशरी, स्थानीय शान्ति समितिका संयोजक सुधीर यादव, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष शैलेन्द्रप्रसाद गुप्ता लगायतको उपस्थिति थियो ।
आन्दोलनका क्रममा चैत २० गते राति सशस्त्र प्रहरीको ना१झ ७३३ नम्बरको भ्यानको ठक्करबाट गौर नगरपालिका–१० बस्ने ठाकुरको मृत्यु भएको थियो । रासस















प्रतिक्रिया