वाशिंगटन डिसी । अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन डटकमले फेसबुक एप ‘प्रे फर नेपाल’ शुभारम्भ गरेको छ ।
प्रे फर नेपाल (नेपालको लागि प्रार्थना) को मुख्य उद्देश्य विनाशकारी भूकम्पले नेपाललाई पुर्याएको जनधनको क्षति प्रति बिश्वका हरेक समुदायले विश्व शान्तिको लागि मेलमिलाप तथा ऐक्यबद्दता जनाउन सकोस भन्ने हेतुले उक्त फेसबुक एप प्रारम्भ गरिएको सगुन डटकमका सह-संस्थापक कविन सिटौलाले बताए ।
आपत बिपत झेली रहेका तमाम नेपाली समुदाय तथा देश शोकमग्न भएको कठिन परिस्थितिमा बिश्व ब्यापी रुपमा यसका प्रयोग कर्ताहरुले नेपाल र नेपालीको साथ दिन चाहना राख्नेले सगुन डटकम मार्फत संदेश पुगोस भनि यस्तो एप निर्माण गरिएको हो ।
गत बैशाख १२ गते आएको विनासकारी महा भूकम्प बाट ८ हजार भन्दा ज्यादा मानवको ज्यान गै सकेको र लाखौ मानिस घरबार बिहिन र क्षति भै सकेको छ ।
बिश्वभर रहेका यसका प्रयोग कर्ता तथा चाहना राख्नेले भूकम्प पीडितहरुलाई नेपालको लागि प्रार्थना स्वरुप संदेश पठाउन सक्ने भएकोले सहभागी हुन् आब्हान गरिएको छ ।
सगुनले नेपालका भूकम्प पिडितको लागि भूकम्प क्षति ग्रस्त स्थलमा पुगी सहभागी भै आधारभूत खाधन्य सामग्रीहरु, चामल, पानी, पाल, ओखति राहत वितरण गरि रहेको जनाएको छ ।
यसै गरि नेपालका चर्चित हास्य कलाकार जोडी धुर्मुस (सिताराम कट्टेल) तथा सुन्तली (कुन्जना घिमिरे) समूहसंगको सहकार्य गर्दै अर्को चरणको पुनर्स्थापन कार्यक्रममा समेत सहभागी हुने जानकारी पेन्टागनका सिस्टम इन्जिनियर (पद्धति अभियन्ता) रहेर काम गरिसकेका सगुनका संस्थापक गोविन्द गिरीले बताए ।
नेपालको भूकम्प पीडितहरुको लागि हाल सम्म सगुनले २० हजार डलर संकलन प्रयोग कर्ता तथा शुभ चिन्तकबाट उठाएको छ ।
ती एप्लिकेशनको उपयोगबाट प्रयोग कर्ताले आफ्ना सन्देश सार्बजनिक गर्न सक्ने छन् । यसले कसरी काम गर्छ भन्ने जान्न को लागि पहिले www.sagoon.com जानु पर्ने सगुन डटकमले जानकारी गराएको छ ।
फेसबुक एप हेर्न तलको लिङ्क प्रयोग गर्नुहोस् ।
https://apps.facebook.com/sagoon-pray-nepal/
















प्रतिक्रिया