३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय सरकार : कांग्रेस-एमालेका को-को मन्त्री हट्दैछन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Singdarbar

समाचार टिप्पणी

काठमाडौं, २८ वैशाख । देशमा राष्ट्रिय सरकारको चर्चा सुरु भएको छ । भूकम्पपछि तीनदलबीच चलिरहेको छलफलमा राष्ट्रिय सरकारको चर्चा सुरु भएको हो । सबै दलका नेताहरुले अहिले राष्ट्रिय सरकार निर्माणमा जोड दिइरहेका छन् । राष्ट्रिय सरकार बनाएर विपत्तिको सामना गर्नुपर्ने उनीहरुको जोड छ ।

सत्तारुढ दलका नेताहरुले पनि राष्ट्रिय सरकार बनाउन नेतृत्वलाई दबाब दिइरहेका छन् । राष्ट्रिय सरकारमा सबै दल सहभागि हुने भएपछि कांग्रेस र एमालेमा केही मन्त्रीलाई फिर्ता बोलाइने भएको छ । सिंहदरबार स्रोतका अनुसार कांग्रेस र एमालेबाट ३/३ जना मन्त्रीलाई हटाउन लागिएको हो ।

राष्ट्रिय सरकारमा एकीकृत नेकपा माओवादीले पनि सहभागिता जनाउने संकेत गरेको छ । माओवादीलाई मन्त्रालय बाँड्न अहिलेको सरकारले केही मन्त्रीलाई घर पठाउन लागेको हो । स्रोतका अनुसार एमाओवादीले गृह मन्त्रालय मागिरहेको छ । राष्ट्रिय सरकारमा आफूलाई हिस्सेदारको रुपमा प्रस्तुत गरेको माओवादीले गृह नपाए सामेल नहुने संकेत पनि गरेको छ ।

केही दिनदेखि नेकपा एमालेमा गृहमन्त्री बामदेब गौतमलाई फिर्ता बोलाउने विषयमा समेत छलफल चलेको कुरा बाहिर आएको थियो । माओवादीलाई सरकारमा सामेल गराउन पनि गृहमन्त्री फिर्ता हुनैपर्छ ।

उसो त विपक्षी दलको नेतृत्वको माओवादीले नै गरिरहेको छ । राष्ट्रिय सरकारमा माओवादी सहभागि नभए समस्या ज्यूका त्यू रहने देखिन्छ । गृह मन्त्री फेरे पनि एमालेले गृह मन्त्रालय छाड्ने सम्भावना निकै कम छ ।

त्यस्तै, सरकारको नेतृत्व गरिरहेको कांग्रेसले पनि ३ वटा मन्त्री फिर्ता बोलाउँदै छ । स्रोतका अनुसार कांग्रेसमा यसबारेमा छलफल समेत भइसकेको छ । कांग्रेसबाट सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल, सिँचाईमन्त्री एनपी साउदलाई फिर्ता बोलाउने तयारी गरिएको छ । राष्ट्रिय सरकार बन्ने तरखर चलिरहँदा कांग्रेसबाट सञ्चार तथा सिँचाईमन्त्रीको नाम फिर्ता हुने लिष्टमा पहिलो नम्बरमा छ ।

सञ्चार र सिँचाईसँगै थप एक मन्त्रीलाई कांग्रेसले फिर्ता बोलाउने छ । राष्ट्रिय सरकारमा माओवादीकै अडानमा मन्त्रालय हेरफेर समेत हुनसक्छ । माओवादीलाई सहमतिमा ल्याउन राष्ट्रिय सरकारको चर्चा चुलिएको हो । जसकारण थप मन्त्रीलाई समेत पदबाट हटाईन सक्छ ।

राष्ट्रिय सरकारको नेतृत्व प्रधानमन्त्री कोइरालाले नै गर्ने देखिन्छ । माओवादी अहिले आन्तरिक छलफलमा छ । राष्ट्रिय सरकार कस्तो बनाउने भन्ने विषयमा माओवादीले आफ्नो धारणा राखिसकेको छैन् । कस्तो सरकार भन्ने विषयमा माओवादीले प्रस्तुत गर्ने धारणाले निर्धारण गर्ने विज्ञहरु बताउँछन् ।