“मनको बह कसैलाई नकग” भन्ने नेपाली उखान आजभोली मलाई निकै नै मन पर्ने शब्द भएको छ । यही उखान यतिखेर मजस्ता धेरै युवाहरुको मनमस्तिष्कोमा रहेको छ । आखिर यँहा योग्यताभन्दा निकटता शक्तिशाली हुन्छ, राम्रोको कदर हुन सक्दैन् । तर जे–जस्तो परिस्थिति भएपनि मन बुझाएर जिन्दगी गुजार्नै पर्ने हुन्छ । यस्तै बाध्यता हरेक नेपाली युवाले झेल्नुपरिरहेको छ ।
के गर्ने आखिर रहर त कसलाई नै हुन्छ र, मानिस भएर यस धर्तीमा जन्मेपछि जीवनका अनेकौ कष्टप्रद मोडहरुबाट गुज्रनै पर्दोरहेछ । बाँच्नकै निमित्त अनेकौँ सङ्घर्ष र मेहनत गर्नु त पर्छ नै । यही क्रममा आफ्नै देशमा बसेर जागिर गर्ने रहर हुँदाहुँदै जागिर नपाएपछि धेरै घर परिवार र आफ्नो प्यारो देश छोडेर मजदुरीका लागि पराई मुलुकहरुमा जाने नेपालीको संख्या दिनप्रति दिन बढ्दो छ । विदेशी मुलुकमा धेरैको संख्यामा नेपालीहरु कार्यरत रहेका छन् । अझ यतिखेर डिभी परेर अमेरिका जानेको पीडा पनि आफैसगँ छ ।
जब डिभी परेर नेपाली अमेरिका जान खोज्छन् तब मनमा हजारौँ सपनाहरु सजाएका हुन्छन् । यथेष्ट सम्पत्ति कमाएर विभिन्न काम गर्ने योजनाहरु बनाएका हुन्छन् । बाबुआमा, घरपरिवारका सदस्यहरुले पनि विभिन्न सपना देख्छन् । उनीहरुले परिवारका सदस्य बाहिर गई पैसा कमाएर आफ्ना सपना र इच्छाहरु पूरा हुने आशा गरेका हुन्छन् । तर, विदेशी भूमिमा गएपछि आफूले सोचिएजस्तो भने हुँदैन ।
जब डिभी परेर नेपाली अमेरिका जान खोज्छन् तब मनमा हजारौँ सपनाहरु सजाएका हुन्छन् । यथेष्ट सम्पत्ति कमाएर विभिन्न काम गर्ने योजनाहरु बनाएका हुन्छन् । बाबुआमा, घरपरिवारका सदस्यहरुले पनि विभिन्न सपना देख्छन् । उनीहरुले परिवारका सदस्य बाहिर गई पैसा कमाएर आफ्ना सपना र इच्छाहरु पूरा हुने आशा गरेका हुन्छन् । तर, विदेशी भूमिमा गएपछि आफूले सोचिएजस्तो भने हुँदैन । कतिपयले त राम्रो काम पाउन सफल हुन्छन् । भने कतिपयले आफूले भने अनुसारको काम पाउँदैनन् । कतिले एकदमै कष्टप्रद काम गर्नु परिरहेको अवस्था छ । उनीहरुले आफ्नो मेहनत अनुसारको ज्याला नपाएको कुराहरु सुन्न पाइन्छ । जसले गर्दा नेपालीले आफ्नो श्रमअनुसारको आम्दानी गर्न सकेका छैनन् । आर्थिक अवस्था कमजोर भएका नेपालीले त क्रण गरेर वा आफूसँग भएको धेरै थोरै सम्पत्ति बेचेर विदेश गएका हुन्छन् । तर, विदेश जादाँ गरेको लगानी आर्जन गर्न पनि कतिलाई त गाह्रो परिरहेको हुन्छ । विदेश गएर काम गर्ने मध्ये थोरै प्रतिशतले मात्र थोरै समयमा सहजै राम्रो आम्दानी गरेको पाइन्छ ।
कुनै समय म पनि भन्ने गर्थे बिदेशिने युवालाई किन आफनो मातृभूमि छोडेर बिदेशी भूमिमा गएर आफ्नो पसिना बगाउछौ तर आज यही प्रसंग म जस्ता धेरै युवाहरु विदेशिन बाध्य छन् । यहाँ योग्यताभन्दा नातावाद र कृपावादलाई धेरै प्राथमिकता दिइन्छ । जसले गर्दा आम युवाहरु आफ्नो आर्थिक स्थितिको कारण विदेशिन बाध्य हुन्छन् ।
भनिन्छ, युवावर्ग भविष्यका कर्णदारका साथै वर्तमानका संचालक पनि हुन् । देशको आर्थिक विकासको साथै विभिन्न पक्षीय परम्पराको सुरक्षा र सवद्र्धन समेतको जिम्मेवारी युवावर्गमा नै सुम्पिएको छ । युवावर्गको सक्रिय सहभागिताबिना समाज राष्ट्रको विकास असम्भव छ । यही सोचलाई आत्मसाथ गरेर सके सिंगै देश, नसके आफू जन्मेको ठाउँ र त्यति पनि नसके आफ्नै व्यक्तिगत उन्नति गर्ने सोचका साथ आफ्नो कर्मलाई अघि बढाइरहेका हुन्छन् । त्यसैले प्रतिकूल अवस्थासँग जुधेरै भए पनि आफ्नै देशमा केही गरौँ भन्ने भावनाले उत्प्रेरित गरिरहेको हुन्छ । यो प्रेरणा एकातिर हुँदाहुँदै देशको राजनीतिक वातावरण, परिस्थिति र परम्पराले युवावर्ग हतोत्साही भावना उत्पन्न गराउन पनि नछोड्दोरहेछ ।
कुनै समय म पनि भन्ने गर्थे बिदेशिने युवालाई किन आफनो मातृभूमि छोडेर बिदेशी भूमिमा गएर आफ्नो पसिना बगाउछौ तर आज यही प्रसंग म जस्ता धेरै युवाहरु विदेशिन बाध्य छन् । यहाँ योग्यताभन्दा नातावाद र कृपावादलाई धेरै प्राथमिकता दिइन्छ । जसले गर्दा आम युवाहरु आफ्नो आर्थिक स्थितिको कारण विदेशिन बाध्य हुन्छन् । जब म एसएलसी उत्तिर्ण गरेर उच्च शिक्षाका लागि काठ्माडौ छिरेको थिए । त्यतिखेर म मा पनि एउटा छुट्टै उत्साह र जाँगर थियो । एक कुशल र दक्ष व्यक्ति बनेर आफ्नो देशका दिदीबहिनी दाजुभाईको हित हुने र देशको विकासमा सघाउ पुर्याउने ।
हाम्रा राजनीतिक दलका नेता बारम्बार भन्ने गर्छन्, हामीलाई मुलुकमै बसेर मुलुक बनाउने युवाको खाँचो छ । हामी युवाकेन्द्रित नीति ल्याउँछौँ, तपाईंहरू हामीलाई साथ दिनोस् । तर, खै त आज आफ्नै देशमा बसेर केही गर्न चाहने युवाको योग्यताको कदर गर्न सकेको ? अनि खै त उनीहरूको सीप, दक्षता, पसिनालाई स्वदेशी माटोमा खन्याउन उत्प्रेरित गर्न सकेको ?
प्राकृति स्रोत र साधनलाई केन्द्रमा राखेर योजना तर्जुमा गर्ने हो भने युवा बेरोजगार समाधान हुन सक्छ । यत्ति हुन सक्यो भने हाम्रा युवा हिरा कुल्चेर फलाम खोज्न खाडी मुलुकतिर भासिनुपर्ने बाध्यता हुँदो हो र ? हाम्रा राजनीतिक दलका नेता बारम्बार भन्ने गर्छन्, हामीलाई मुलुकमै बसेर मुलुक बनाउने युवाको खाँचो छ । हामी युवाकेन्द्रित नीति ल्याउँछौँ, तपाईंहरू हामीलाई साथ दिनोस् । तर, खै त आज आफ्नै देशमा बसेर केही गर्न चाहने युवाको योग्यताको कदर गर्न सकेको ? अनि खै त उनीहरूको सीप, दक्षता, पसिनालाई स्वदेशी माटोमा खन्याउन उत्प्रेरित गर्न सकेको ? नेताहरूको प्रतिबद्धताविपरीत दिनप्रतिदिन युवाको मनोबल गिर्दै छ । हतोत्साहित भइरहेका छन् उनीहरू । तैपनि, हाम्रो राजनीतिक नेतृत्वले यसतर्फ खासै चासो दिएको देखिन्न । तैपनि आफ्नै देशमा केहीगर्ने सपना ममा थियो र अझै पनि छ । तर, त्यो उत्साहमा कालो बादल त्यतिबेला आयो ।
जब आफ्नो भनसुन गर्ने कोही भयो भने योग्यताभन्दा निकटता शक्तिशाली हुन्छ । यस्तो कुरा सुनेर मलाई चिन्ता लाग्न थाल्यो तर सुनेको कुरामा मात्र भर पर्नुहुँदैन भनेर हरेस खाएनौ । डर र चिन्ताले सताउनु पनि कुनै अस्वभाविक कुरा थिएन किनभने मलाई कुनै ठाउँमा काम मिलाइदिने व्यक्ति कोही पनि थिएनन् र आर्थिक स्थिति पनि त्यति राम्रो थिएन । जब कामको सिलसिलामा बुटवलकै नाम चलेकै सहकारीमा पुग्यौ र त्यहाँ दुई जना सरलाई भेटेर कुरा गर्दै गर्दा उहाँहरुले मलाई भन्नुभएको थियो ।
यहाँ जुन राजनीतिक पार्टीको वर्चस्व छ, उसैले भनेअनुसार हुन्छ । मैले सोझो जवाफ दिए त्यसोभए आफ्नो भनसुन गर्ने कोही छैन भने काम पाइदैन त ? उहाँले काम पाउने सम्भावना जिरो जवाफ दिनुभयो । फेरि पनि म केहि नम्र भएर सोझो प्रश्न गरे, यदि हामी कुनै राजनीतिक व्यक्तिले पठाएर आएको भए जागिर पाउथ्यौ त ? अवश्य यहाँको संस्कार नै यस्तै छ उहाँले जवाफ दिनुभयो ।
यहाँ जुन राजनीतिक पार्टीको वर्चस्व छ, उसैले भनेअनुसार हुन्छ । मैले सोझो जवाफ दिए त्यसोभए आफ्नो भनसुन गर्ने कोही छैन भने काम पाइदैन त ? उहाँले काम पाउने सम्भावना जिरो जवाफ दिनुभयो । फेरि पनि म केहि नम्र भएर सोझो प्रश्न गरे, यदि हामी कुनै राजनीतिक व्यक्तिले पठाएर आएको भए जागिर पाउथ्यौ त ? अवश्य यहाँको संस्कार नै यस्तै छ । उहाँले जवाफ दिनुभयो यस्तो व्यवहारले मलाई साह्रै नै निराश बनायो । केहि नबोली फर्के । मलाई यस्ता कुराहरुले चित्त दुख्यो । मनमा अनेक कुराहरु खेल्न थाले । के साँच्चै नै यँहा आफ्नो कुरा गर्ने कोही भएन भने केही गर्न नसकिने नै होत ? जागिरको त कुरै छाडौ । एउटा तालिममा छनोट गर्न त योग्यता, क्षमता र निरन्तरता भन्दा भनसुन र राजनीति हेर्दारहेछन् । यस्तै खालका व्यवहारले गर्दा अन्तरमनमा नराम्रो चोट लाग्दोरहेछ । आत्मबल गिर्दोरहेछ । आफूसँग भएको क्षमतालाई सही तरिकाले सदुपयोग गर्न नपाएकोमा दुख पनि लाग्दोरहेछ ।
जुनसुकै देशको विकास युवावर्गबाटै सम्भव छ । तर, हाम्रो देशमा भने देश विकासको काममा योगदान गर्न चाहने र आफ्नो देशलाई माया गर्ने युवा नचाहँदा नचाहँदै विदेश पलायन हुन बाध्य छन् । यसले देश विकासमा नकारात्मक असर पारिरहेको छ । त्यसतर्फ ध्यान पुर्याउने कसले ? ध्यान पुर्याउनुपर्ने जिम्मेवार व्यक्ति वा संस्था मौन छन् । जिम्मेवारी लिन चाहँदैनन्, जसले गर्दा देशका थुप्रै यस्ता जनशक्ति आफ्नो इच्छा नहुँदा नहुँदै पनि बाध्यतावश बिदेसिन्छन् । यसको प्रमुख कारण यहाँको परिस्थिति, परम्परा र चलन नै हो भन्दा अतिशयोक्ति नहोला । आखिर यस्ता कुराहरुले गर्दा दिनप्रतिदिन आम युवावर्ग इच्छा विपरीत विदेशिन बाध्य छन् । आखिर यसरी कतिन्जेल युवालाई बिदेसिन बाध्य पारिरहने ??????????














प्रतिक्रिया