३ कार्तिक २०८३, मंगलबार

अमेरिकामा मध्यावधि चुनावमा मतदान शुरु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्गटन, २३ कात्तिक । अमेरिकामा मङ्गलबार मध्यावधि निर्वाचनमा मतदान शुरु भएको छ।

रिपब्लिकनहरूले कङ्ग्रेसको बहुमतलाई चुनौती दिदै अर्को दुई वर्षका लागि राष्ट्रपति जो बाइडेनको एजेन्डा रोक्न र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस फर्कने बाटो खुला गर्ने दाबी गरिरहेका छन् ।

देशको पूर्वी तटमा मतदान केन्द्रहरू बिहान ६:०० बजेदेखि खुला गरिएका छन् ।

प्रतिनिधि सभा र सिनेट दुवै सदनको लागि लागि चार करोडभन्दा बढी मतदाताहरूले देशभर पूर्व-निर्वाचन मतदानमा मतदान गरिसकेका छन् ।