२९ आश्विन २०८३, बिहिबार

इजिप्टमा अदालतद्वारा पूर्व राष्ट्रपति मुबारकका छोरालाई तीन वर्षको कारावासको सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ijeptकाइरो, २८ वैशाख । काइरोको एक अदालतले इजिप्टका अपदस्थ राष्ट्रपति होसनी मुबारक तथा उहाँका दुई छोरालाई शनिबार भ्रष्टाचारको आरोपमा तीन वर्षको कारावासको सजाय तोकेको छ । अधिकारीहरुले यो सजाय तीनै व्यक्तिले भोगिसकेको बताउनसक्ने देखिएको छ तर यसमा पुनरावेदन नपरेमा यसले सन् २०११ मा जनविद्रोहपछि पछि मुबारकलाई अपराधीको रूपमा स्थापित गर्नेछ ।

इजिप्टका आमसञ्चारले यस मुद्दालाई राष्ट्रपतिको निवासको रूपमा ब्याख्या गरेका छन् र यसमा मुबारक तथा उनका छोराले एक दशकसम्म सरकारी निवासको मर्मत सम्भारका लागि खर्च लिई आफ्ना निजी निवासमा खर्च गरेको बताइएको छ ।

मुबारकलाई यस मुद्दामा तीन वर्षको कारावासको सजाय तोकिएको थियो भने उनका छोराहरुलाई चार वर्षको । पछि उनीहरुले पुनरावेदन दिएका थिए र यस विषयमा पुनः सुनुवाइ भएको थियो ।

यस निर्णय अनुसार यी तिनै व्यक्तिले एक करोड ६३ लाख अमेरिकी डलर बराबर जरिवाना तिर्नुपर्ने हुन्छ । न्यायिक अधिकारीहरुले यो रकम उनीहरुले पहिले नै तिरिसकेको बताएका छन् ।

मुबारकलाई काइरोको सैनिक अस्पताल फिर्ता गरिएको छ र उनका दुई छोरालाई तोराह कारागारमा लगिएको छ । रासस/एएफपी