२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा नेपालीबीच कुटाकुट

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क (अमेरिका), २२ कात्तिक । अमेरिकाको न्यूयोर्कमा नेपालीहरुबीच कुटाकुट भएको छ ।

शनिबार साँझ अमेरिकाको न्यूयोर्कस्थित वुडहेभन मेनर क्याटर्स एण्ड बेन्क्वेटमा समता फाउण्डेशनका लागि चन्दा संकलन गर्ने उद्देश्यले आयोजना गरिएको समता ग्लोबल सिनेट कार्यक्रममा नेपालीहरुबीच कुटाकुट भएको हो ।

वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गायक रामकृष्ण ढकाल तथा समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेल अतिथि रहेको कार्यक्रममा नेपालीहरुबीच यसरी कुटाकुट भएको हो ।

गीत गाइरहेकी गायिकासँग नृत्य गर्न स्टेजमा पुगेका एक युवालाई नाच्दा नाच्दै स्टेजबाट तल झारिएपछि कार्यक्रममा विवाद भएको थियो । विवाद बढ्दै जाँदा कुटाकुटको स्थिति सृजना भएको हो ।

कुटाकुट हुँदा केहीलाई चोट लागेको छ ।