१५ कार्तिक २०८३, आइतबार

आजको भूकम्पले मन्त्री र सांसदको भागाभाग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC_Samsad-Todfod9
फाइल फोटो

काठमाडौं, २७ वैशाख । महाभूकम्पको त्रास अझै कतिसम्म बाँकी नै रहेछ भन्ने उदाहरण आइतबार व्यवस्थापिका संसदमा समेत देखिएको छ । व्यवस्थापिका संसदको बैठक चलिहँदा आइतबार दिउँसो गएको भूकम्पले मन्त्री र सांसदहरुको समेत भागाभाग भयो ।

महाभूकम्पको १५औं दिनपछि आइतबार दिउँसो ३ बजेर २३ मिनेटमा काभ्रेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । जसको धक्का काठमाडौँमा पनि नराम्रोसँग महसुस भएको थियो । केही सेकेण्डमात्रैको भूकम्प भएपनि यसले घरभित्र निस्केकालाई समेत बाहिर नै आउनुपर्ने वातावरण सिर्जना गरिदिएको थियो ।

बानेश्वरस्थित संविधानसभा भवनमा संसद बैठक चलिरहँदा एक्कासी भूकम्प गएपछि कतिपय मन्त्री र सांसद भाग्न थालेका थिए, कति भने भागौँ कि नभागौँझैँ अलमलमै देखिए ।

एक्कासी भूकम्पको धक्का महसुस भएपछि संविधानसभा भवनभित्र रहेका सिंचाईमन्त्री एनपी साउदसहित २० जना सांसदहरु दौडिँदै बाहिरिएका हुन् ।

कांग्रेस महामन्त्री कृष्ण सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का, नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायतका नेताहरु भने भाग्ने कि नभाग्ने अलमलमा देखिएका थिए ।

भूकम्प जाँदा सभामुख सुवासचन्द्र नेम्वाङ भने आफ्नै कार्यकक्षमा थिए । उनले सांसद सुशीला नेपाललालाई बैठक चलाउन दिएका थिए ।महाभूकम्पपछि सिर्जित संकटको सामना गर्न ल्याइएको संकल्प प्रस्तावमाथि संसदमा छलफल चलिरहेको थियो ।