२९ आश्विन २०८३, बिहिबार

थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या ५७५

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेपालमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३६३ पीसीआर तथा ९४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बिहीबार थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।