५ कार्तिक २०८३, बिहिबार

समयमा काम सम्पन्न नगर्ने नौवटा कम्पनीमाथि कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २७ वैशाख । सम्झौताअनुसार समयमा योजनाका काम सम्पन्न नगर्ने नौ वटा भवन निर्माण कम्पनीमाथि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले कारबाही सुरु गरेको छ ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सिरहाका चारवटा, सप्तरीका तीनवटा र उदयपुरका दुईवटा भवन निर्माण कम्पनीमाथि कारबाही गरेको जनाएको छ । ठेकेदार कम्पनीलाई सो कार्यालयले चेतावनी स्वरुप सम्झौता रकमको १० प्रतिशत जरिवाना तिराएको छ ।

“काम पूरा नगर्ने ठेकेदार कम्पनीबाट करिब रु २६ लाख जरिवाना तिराएका छौँ” सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख मिलन आचार्यले भन्नुभयो । अधिकांश ठेकेदार कम्पनीले सम्झौता गरेर पनि काम पूरा नगर्ने, गुणस्तरीय काम नगर्ने र बीचमै काम छाड्ने प्रवृत्ति देखिएको छ ।

पहिलो चरणमा चेतावनी स्वरुप कम्पनीमाथि जरिवानामात्र गरेको प्रमुख आचार्यले बताउनुभयो । सम्पर्कमा आउन नचाहने कम्पनीलाई कालो सूचीमा राख्ने तयारी भइरहेको छ । डिभिजन कार्यालयले सिरहासहित सप्तरी र उदयपुरमा भवन निर्माणसम्बन्धी काम गर्दै आएको छ । रासस