– रबिना बोहरा
बागलुङ, २७ वैशाख । यहि वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट बागलुङका १ सय ७४ विद्यालयमा क्षति पुगेको छ ।
जिल्ला शिक्षा कार्यालय बागलुङले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा एक कार्यक्रमको आयोजना गरि १ सय ७४ विद्यालयमा क्षति हुँदा ५ सय १५ वटा कक्षा कोठामा क्षति भएको बताएको थियो । जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद तिवारीले अहिले सम्मका विद्यालयको क्षति विवरण आएको भन्दै जेष्ठ ६ र ७ गते बस्ने जिल्ला बैठकमा पुनः क्षति भएका सरकारी लगायत संस्थागत विद्यालयको विवरण पनि निकाल्ने बताउनुभयो ।
जिल्लामा भूकम्पबाट ३१ विद्यालय पुर्ण क्षति भएका छन् भने ६० वटा विद्यालय ठुलो क्षति भएका छन् । यस्तै ८३ वटा विद्यालयमा सामान्य क्षति भएको जिल्ला शिक्षा कार्यालय बागलुङको तथ्याङकमा उल्लेख गरिएको छ ।
यस्तै लेखानी स्रोतकेन्द्रको एक वटा भवनमा, दुई वटा विद्यालयका कम्पाउण्ड, दुई वटा विद्यालयका छात्राबास र तिन वटा बालविकास केन्द्रमा क्षति भएको छ । बागलुङका २३ विद्यालयको शौचालयमा पनि पुर्ण रुपमा क्षति पुगेको जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ ।















प्रतिक्रिया