२९ आश्विन २०८३, बिहिबार

भूकम्प पीडितलाई एनआरएनए अफ्रिकाको ५१ लाख राहत सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRN Logoअफ्रिका । गैरआवासीय नेपाली संघ एनआरएनए अफ्रिकाले भूकम्प पीडितका लागि ५१ लाख रुपैयाँ राहत सहयोग संकलन गरी नेपाल पठाएको छ ।

भूकम्प पीडितका लागि एनआरएनए अफ्रिका स्थित शाखाहरुले आइतबार ५१ लाख राहत सहयोग एनआरएनए सचिवालयको राहत कोष मार्फत काठमाडौँ पठाएको हो । जसमा नाइजेरियाले २० लाख, तान्जानियाले १४ लाख, केन्याले ८ लाख ३० हजार, बोत्स्वानाले ५ लाख ६० हजार, युगान्डाले तीन लाख ४० हजार पठाएका छन् ।

राहत संकलन जारी रहेको र ७० लाख भन्दा बढी सहयोग संकलन गरी नेपाल पठाईने एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक हिक्मत थापाले जानकारी दिनुभयो । अफ्रिकाका घाना, मदागास्कर, जाम्बिया, इथोपिया लगायत माथिका देशहरुमा राहत संकलन अझै जारी छ ।