२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा नेपालीहरूले मनाए ह्यालोविन पर्व (तस्वीरसहित)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, १५ कात्तिक । अमेरिकामा यस बर्ष २०२२ मा ह्यालोविन पर्व बिदेशीसँगै नेपाली समुदायले पनि मनाएका छन् ।

हरेक बर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व–२०२१ खुशी तथा मनोरञ्जनपूर्वक मनाएका हुन् । अमेरिकामा विभिन्न राज्य तथा शहरहरूमा समय फरक हुनाको कही छिटो र कही ढिलो मनाउने क्रम जारी रहेको छ ।

विगत वर्ष २०२०–२०२१ मा महामारीको कारण निकै कम खेलिएको यो पर्व यस पटक कोरोनाविरुद्ध खोप अधिकांशले लगाएकाले निर्धक्कसाथ आफ्नो टोल र छरछिमेकमा बिदेशी बालबालिका संगै नेपाली समुदायले पनि पर्व मनाएका छन् ।

तर यस पटक अधिकांश राज्यहरूमा वर्षा भएकोले केही बाधा पुर्याएको छ भने कम वर्षा हुने स्थानमा पर्व मनाइरहेका छन् ।

यस वर्ष नेपालीहरूको महान दोश्रो ठूलो चाड तिहार र छठ समेत सकिएपछि ह्यालोविन पर्व आएको छ । नेपाली समुदायले अमेरिकामा जन्मेका दोश्रो पुस्ता, सानोमा अमेरिका आएका र बिद्यालय समेत जान थालेका छोराछोरीको साथमा ह्यालोविन पर्व मनाएका छन् ।

अमेरिकामा मनाइने ईसाई पर्व (क्रिसमस) थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस )सहित ह्यालोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले बिदेशीलेझैँ मनाउन सुरु गरि सकेका छन् ।

तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरूले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भन्दै ह्यालोविन पर्व मनाउछन । साथै ह्यापी ह्यालोविन भन्ने पनि चलन छ । यसरी बिदेशीहरूले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरूले समेत आफ्ना छर छिमेक र नजिक पर्ने ठाउमा हलोविन पर्व हर्सौल्लासका साथ मनाएका छन् ।

यो पर्वमा घर छिमेकमा जाने प्रायजसोले कालो रंगको पोशाक र विभिन्न भूतप्रेतको विभिन्न रङ्गका पोसाक लगाएको देखिन्छ । किशोरकिशोरी र बालबालिकाले आफूले ल्याएको झोलामा मिठाई माग्ने र घरधनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई (चकलेट) दिएका छन् । ह्यालोविन पर्वमा खेल्न आउने बालबालिका तथा किशोर किशोरीलाई तिहारझैँ पैसा दिनु पर्दैन ।

अमेरिकामा बालबालिकालाई रातीको समयमा छिमेकी कै घर वरपर भएता पनि एकल छोड्ने चलन हुँदैन । यसरी बालबालिका खेल्न जाँदा उनीहरूको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरूको साथमा अभिभावक पनि साथमा आउँछन् ।

घरबेटीले अन्य खाने कुराहरू दिनु पर्दैन । नेपालको तिहारको समय र ह्यालोविनको समय कहिलेकाही एक दुई दिनको फरकमा पर्न जान्छ । २०२२ मा तिहार अगाडी परेको छ ।

बालबालिकाले पहेला, निला, काला, सेता बस्त्र, भूतप्रेतझैँ, होलिका, मुकुण्डो, नकाव, भोजमा लगाईने बिशेष पोशाकमा घर, बजार तथा बिशाल बजारमा गएर मिठाई मागी मनोरञ्जन गर्दछन ।

ह्यालोविन के हो र किन मनाइन्छ ?

हलोविन वा ह्यालोविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै मुलुकहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो । ह्यालोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ । यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ ।

गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ । यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ । यीबाहेक अरु देशमा पनि मनाइन्छ ।

यो चाड मनाउने देशको संख्या बढ्दो छ । आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा) ले यो चाड उत्तर अमेरिका ल्याएका हुन् ।

ह्यालोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा ‘अल हलोज’–इभन’– ‘इभिनिङ’को मतलब अर्थात् ह्यालोविन रात्री भन्दा अगाडी हो । यो आत्मा दिवसको पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ ।

अमेरिकामा ह्यालोविन वर्मा सञ्चार माध्यम तथा सूचना जारी गर्दै आफ्ना बालबालिकाहरूलाई कसरी सुरक्षितसंग ह्यालोविनमा सहभागी हुने, कसरी सडक काट्ने आदी बारेमा पनि जानकारी गराईएको हुन्छ । यदी मुख्य बजार भित्र खेल्ने हो भने र बाटो काट्दा चम्किलो लुगा लगाउन समेत जानकारी गराइएको हुन्छ ।

ईशाई दिवस (क्रिसमस) र धन्यवाद दिवस (थाङ्क्स गिभिङ्ग ) पछिको सबै भन्दा खर्चिलो पर्वमा ह्यालोविन हपर्दछ । ह्यालोविनमा घर बाहिर, भित्र सजावट, बालबालिकालाई लुगा कपडाको साथै अभिभावकहरू पनि सजावटको साथमा हिड्न थालेका छन् ।

हालोविन खेल्दा १२ बर्ष मुनिका भएमा अनिवार्य रूपमा अभिभावक साथमा हिड्ने गर्छन । यदि बालबालिका परिपक्व छ भने पनि आफ्नो नजिकका छर छिमेकि वरपर मात्र खेल्न सुझाव गर्दछन ।

अमेरिकामा राज्य, संघीय सरकार र काउन्टी लगायतले अझ पनि कोरोना पुरै समाप्त नभएकोले सावधानी र सतर्कता अपनाउन सूचना जारी गरेको छ ।