पटना, २७ वैशाख । भारतीय प्रहरीले शनिबार छत्तीसगढबाट माओवादीद्वारा अपहरित गाउलेहरुलाई मुक्त गर्नका लागि प्रक्रिया सुरु भएको जनाएको छ । उनीहरुले ती गाउलेलाई अपहरण गरी नजिकैको जङ्गलामा लगी राखेको भन्ने सूचना पाइएकोले उनीहरुको उद्वारका लागि प्रहरीले प्रक्रिया थालेको जनाएको हो ।
भारतका माओवादीहरुले भारतीय राज्य छत्तीसगढबाट त्यहाँका कम्तीमा पनि २५० जना गाउलेलाई अपहरण गरी लगेको समाचार शनिबार नै सार्वजनिक भएको थियो ।
भारतीय केन्द्रीय राज्य छत्तीसगढबाट उनीहरुलाई अपहरण गरिएको र माओवादीहरुले उनीहरुलाई कहाँ राखेका छन् भन्ने बारेमा शनिबारै गरिएको खोजीबाट उनीहरुलाई राखेको स्थान पत्ता लागेकोे प्रहरीको भनाई छ ।
यसअघि पनि माओवादीहरुले पटक पटक यसरी नै ठूलो सङ्ख्यामा सर्वसाधारण नागरिकलाई अपहरण गरी लाने गरेका र आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिनका लागि यस्तो काम गर्ने गरेका पनि प्रहरीले जनाएको छ ।
छत्तीस गढको सुक्मा जिल्लाका एकजना प्रहरी महानिरीक्षक एस आर पी कल्लुरीले भनेका छन्– उनीहरुले आफ्नो माग पूरा गराउनका लागि यस्तो अपहरण गर्नेगर्छन् र यसपटक पनि उनीहरुको रणनीति यही नै हुनसक्छ ।
उनले भने– ती गाउले असुरक्षित हुदैनन् हामीले अपहरणमुक्तिका लागि प्रक्रिया थालिसकेका छौं आवश्यक परेमा हामी उनीहरुसँग कुराकानी पनि गर्नेछौँ ।
उनका अनुसार रिहाई प्रक्रियाका लागि प्रहरीले माओवादीसँग पनि कुराकानी गरिरहेका छन् र छिट्टै नै उनीहरुलाई मुक्त गर्न सकिने आश्वासन पनि प्रहरीले पाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त राज्यको भ्रमण गर्न लागेकोले उहाँको ¥यालीमा सहभागी नहुन् भनेर उनीहरुलाई अपहरण गरिएको माओवादीले जनाएको छ ।
शनिबार छत्तीसगढको दाँतेवाडा जिल्लामा शनिबार प्रधानमन्त्री मोदी जाने कार्यक्रम रहेको थियो । सो कार्यक्रममा प्रधानमन्त्रीको स्वागतका लागि र्यालीको आयोजना गरिएको थियो । रासस/एपी















प्रतिक्रिया