३ कार्तिक २०८३, मंगलबार

छठको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै यसरी गरियो पूजा (फोटोफिचर)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । छठपर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गगरिएको छ ।

तराई मिथिलाका क्षेत्रका साथै काठमाडौंमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको हो । छठ पर्वका लागि काठमाडौको गुह्येश्वरी गौरीघाट क्षेत्र, कमलपोखरी लगाएत बागमति नदी किनारमा भक्तजनको भीड लागेको थियो ।

छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन् ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् ।

आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

हेर्नुहोस् छठ पूजाका विभिन्न तस्वीरहरू

छठ पूजाको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित बुद्धनगरममा रहेको खोलामा आइतबार छठको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधाना गरी अर्घ दिँदै ब्रतालुु महिला ।

छठ पर्वको अवसरमा नारायणी नदीमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धालु भक्तजनहरु ।

छठ पर्वको अवसरमा नारायणी नदीमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धालु भक्तजनहरु ।

काठमाडौँको गौरीघाटमा निर्माण गरिएको घाटमा छठी माताको पूजा आराधनाका गर्दै ब्रतालु ।

काठमाडौँको गौरीघाटमा निर्माण गरिएको घाटमा छठी माताको पूजा आराधनाका लागि तयारी गरिएको पूजा सामग्री ।

काठमाडौँको गौरीघाटमा निर्माण गरिएको घाटमा छठी माताको पूजा आराधनाका लागि तयारी गरिएको पूजा सामग्री ।

पोखराको नदीपुरस्थित नारायणथान मन्दिर परिसरमा आइतबार छठ पूजाको तयारी गरिँदै । पूजास्थललाई गाईको गोबरले लिपेर शुद्ध बनाइनुका साथै परिसरमा बत्ती र ध्वजापतकाले सिँगारिएको छ । भक्तजनले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने छन् । 

छठी माताको पूजा आराधना गर्न जनकपुरधामको गङ्गासागर, छठ घाटमा राखिएका पूजाका सामान । 

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार गौरीघाटमा छठ पर्वको कार्यक्रमस्थलमा । 

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई छठी माताको पूजा आराधना गरेपछि सामूहिक तस्बिर लिदै । पूजास्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा जाँदै । 

तस्वीरहरू रासस