२९ आश्विन २०८३, बिहिबार

सैनिक हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Helicopter
फाइल फोटो

म्याड्रिड, २७ वैशाख । स्पेनमा शनिबार साँझ भएको सैनिक हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ ।

सो हेलिकोप्टरमा रहेका चालक दलका तीनजना सदस्यकै ज्यान गएको स्पेनका प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । सो हेलिकोप्टर दक्षिणपश्चिमी स्पेनको सेभिले विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको थियो । सो हेलिकोप्टरमा १० जना सैनिक रहेका थिए ।

बाँकी सैनिक घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल राखिएको जानकारी पनि स्पेनका प्रधानमन्त्रीले जानकरी दिनुभएको समाचारमा जनाइएको छ । रासस/एपी