
सनफ्रान्सिस्को, १३ कात्तिक । क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा बसोबास गर्ने नेपालीले नेपाल सम्वत् ११४३ (झि न्यूदँया भिन्तुना)को उपलक्ष्यमा गत शुक्रबार सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।

समाजसेवी तथा व्यवसायीद्वय नारायण सोमनामी र चिनीकाजी श्रेष्ठको संयुक्त प्रमुख आतिथ्यतामा सम्पन्न सांस्कृतिक कार्यक्रममा सहभागीहरुले नेपाल सम्वत् नेपाली मात्रको मौलिक सम्वत् भएकाले संसारमा जहाँसुकै रहेका नेपालीले यसको सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे ।

‘झि न्यूदँया भिन्तुना’ नामले मनाइएको यो पहिलो कार्यक्रममा एक सयभन्दा बढी नेपालीको सहभागिता रहेको मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेले बताए ।

कार्यक्रमका वक्ताहरुले भर्खरै दिवंगत भएका संस्कृतिविद् शताब्धी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली प्रकट गर्दै नेपालीको पहिचानका लागि एकीकृत ढंगले अघि बढे मात्र जोशीप्रति सच्चा श्रद्धाञ्जली प्रकट हुने धारणा व्यक्त गरेका थिए ।

प्रशान्त मानन्धर र अमृत कर्माचार्यको नेतृत्वमा कार्यक्रमको आयोजना गरिएको थियो ।













प्रतिक्रिया