५ कार्तिक २०८३, बिहिबार

कांग्रेसले सरकारलाई भन्यो-‘युद्धस्तरमा काम गर’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556काठमाडौँ, २७ वैशाख । नेपाली काँग्रेस संसदीय दलले भूकम्पप्रभावित क्षेत्रमा युद्धस्तरमा काम गर्न सरकारसँग आग्रह गरेको छ । नेपाली काँग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा आज भएको बैठकले भूकम्पप्रभावित क्षेत्रमा त्यस्तो आग्रह गरेको हो ।

उक्त पार्टी संसदीय दलका मुख्य सचेतक चिनकाजी श्रेष्ठका अनुसार बैठकमा बोल्ने अधिकांश नेताले भूकम्पप्रभावित क्षेत्रमा सरकारले तत्काल निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रधानमन्त्री एवम् दलका नेता कोइरालाको ध्यानाकर्षणसमेत गराउनुभएको थियो ।

बैठकमा भूकम्पले पु¥याएको क्षतिको विवरण सङ्कलन तथा पीडितलाई तत्काल बासको व्यवस्था गर्नेतर्फ गम्भीर भएर लाग्न दलका नेताले अनुरोध गर्नुभएको उहाँले जानकारी दिनुभयो । संसदीय दलको बैठक भोलि पुनः बस्ने जानकारी पनि सचेतक श्रेष्ठले दिनुभयो । रासस