२९ आश्विन २०८३, बिहिबार

देशभर ३५४ जनाको नमूना परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७९ पीसीआर परीक्षणका क्रममा ३ जना र २ सय ७५ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन भने थप २२ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ६ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।