५ कार्तिक २०८३, बिहिबार

विवाह हेर्न जन्ती गएका थिए, खोलामा शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, २७ वैशाख । डडेल्धुरामा गाउँमा विवाह हेर्न हिँडेका दुई बालक स्थानीय खोलामा मृतावस्थामा भेटिएका छन् ।

शनिबार डडेल्धुराको बेलापुर–६ नुवाकोटका हर्केशबहादुर विष्टका छ वर्षीय छोरा दिनेश र स्थानीयवासी नरबहादुर विष्टका पाँच वर्षीय छोरा विशाल नौला खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रहरीका अनुसार खोलामा गाउँलेले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुको खोलामा नुहाउने क्रममा मृत्यु भएको हुन सक्ने आशङ्का गरेको छ । रासस