३ कार्तिक २०८३, मंगलबार

जनताको प्रश्न-‘६०१ सभासद् मरे कि जिउँदै छन् ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले भूकम्पको महाविपत्तिमा परेका जनतालार्इ यथाशिघ्र न्यूनतम राहत पुर्याउन आग्रह गरेका छन् ।

शनिबार बसेको व्यवस्थापिका संसद्को विशेष समयमा बोल्दै अध्यक्ष केसीले ठूला कुरा नगरी जनतालार्इ घामपानी छल्न टिनका पाता भएपनि दिनुपर्नेमा जोड दिए ।   ‘ठूला कुरा नगरौं, टिनका पाता भएपनि जनतालार्इ दिऊँ’, केसीले भने, ‘राउटेका डेढ सयवटा घर बनाउन नसक्नेले लाखौं भूकम्प पीडितका घर बनाइदिने बकम्फुसे कुरा नगरौं ।’

भूकम्प पीडितका नाममा आएको १० हजार थान बढी त्रिपाल सत्तारुढ दलले सिंह दरबारभित्र लगेर बाँडेको आरोप लगाउँदै केसीले यो बेला राजनीतिक स्वार्थभन्दा माथि उठ्न अपिल गरे ।   दलहरुप्रति जनतामा वितृष्णा र निराशा बढेको जनाउँदै केसीले राजनीति दल र तिनका नेता जनताको सेवामा भन्दा आफ्नो स्वार्थ र गुटका लागि परिचालित हुँदा यो समस्या आएको बताए ।

‘भूकम्पपछिको अवस्था अनुगमन गर्ने क्रममा नेता र ६०१ सभासद्प्रति जनताको ठूलो आक्रोश छ’, उनले भने, ‘जनताले ६०१ सभासद् मरेनन् ? भनेर प्रश्न गरिरहेका छन् । जनतासँग भेट्न र हिँड्न पनि लाजमर्दो भइसक्यो।’   निरंकुशता लाद्न चहानेले जनताको वितृष्णामा खेल्न सक्नेतर्फ सचेत गराउँदै अध्यक्ष केसीले नेपाली नेता र दलको चरित्र इतिहासले उदाङ्गो बनाइसकेको उल्लेख गरे ।

यही गतिमा दलहरुप्रति वितृष्णा बढ्दै गएमा थार्इल्यान्डमा झैं नेपालमा पनि सैनिक शासन आउने तर्फ संकेत गर्दै केसीले अब दलहरु र तिनका नेता सुध्रने बाहेक अर्को विकल्प नरहेकोमा जोड दिए ।   ‘यही अवस्था रहेमा मुलुक थाइल्यान्डको बाटोमा जाँदैछ’, केसीले भने,’भूकम्पले ल्याएको महाविपत्तिको सामना गर्न दलको विकल्प छैन र दलहरु पनि सुध्रिनुको विकल्प छैन ।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।