
काठमाडौं, ५ कात्तिक । दाङस्थित बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता भएका छन् ।
नुहाउनका लागि नदीमा गएका दंगीशरण गाउँपालिका-२ कि १४ वर्षीया रमा शाह र दंगीशरणमै रहेको मामाघरमा बस्दै आएकी सल्यानकी १४ वर्षीया गोमा चन्द बेपत्ता भएका हुन् ।
उनीहरुसँगै गएकी सोही स्थानकी १३ वर्षीया निरुता बस्नेतलाई भने तुरुन्तै उद्वार गरिएको प्रहरीले जनाएको छ ।
बेपत्ता दुई किशोरीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया