
काठमाडौं, ४ कात्तिक । रुपन्देही २ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।
निर्वाचन आयोगले यसअघि नै उम्मेदवारी खारेज गर्ने निर्णय गरेपनि आयोगको निर्णयविरुद्व गुरुङ सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चमा शुक्रबार सुनुवाई भएकोमा अदालतले निर्वाचन अयोगकै निर्णय सदर गर्ने फैसला सुनाएको हो ।
न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले यसअघिको असोज ३० गतेको अल्पकालीन आदेशलाई निरन्तरता नदिने फैसला गरेको हो ।
बैंकिङ कसुरमा कालोसूचीमा रहेको भन्दै गुरुङको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी परेपछि आयोगले छानबिन गरी दोषि पाइएपछि उम्मेदवारी खारेज गरेको हो ।













प्रतिक्रिया